काठमाडौँ । हुम्लाको नाम्खा गाउँपालिकाले कार्यालय सहयोगी पेमा दोर्जे लामाको तलबमै घोटाला गरेको पाइएको छ । कर्मचारी सञ्चय कोषमा कोषमा दुई वर्ष र नागरिक लगानी कोषमा तिन वर्ष तिन महिनाको जम्मा गर्नुपर्ने रकममा घोटाला गरेको पाइएको हो ।
पेमा दोर्जे लामा २०७४ सालदेखि नै नाम्खा गाउँपालिकामा स्थायी कर्मचारीका रुपमा निरन्तर कार्यरत थिए । २०८१।०४।०३ गते सेवा अवधि पुरा भई अनिवार्य अवकास भए । त्यसपछि उनी आफ्नो नाममा रहेको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको रकम निकालेर अन्यत्र राख्ने सोचे र गाउँपालिका गए । गाउँपालिकाले रकम जम्मा गरिसकेको भन्दै नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई पत्र लेखेर लामालाई काठमाडौँ जान भन्यो ।
त्यसपछि लामा काठमाडौँ आए । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा गए । कर्मचारी सञ्चय कोषमा दुई वर्ष र नागरिक लगानी कोषमा तिन वर्ष तिन महिनाको रकम गाउँपालिकाले जम्मा नगरेको सम्बन्धित कार्यालयले भने । त्यसपछि फेरी लामाले गाउँपालिकालाई सम्पर्क गरे । गाउँपालिका सम्बन्धित व्यक्ति लेखापाल, प्रमुख प्रशासकिय अधिकृत, अध्यक्ष लगायतले २/३ दिनमा काम हुने आश्वासन दिए । तर अहिले गाउँपालिकाका सम्पूर्ण कर्मचारी र अध्यक्ष, उपाध्यक्ष सम्पर्क विहिन भएको उने लामा बताउँछन् ।
यहि कामको लागि काठमाडौँ आएको झण्डै तिन महिना भईसकेको छ । उता गाउँपालिकाका सम्बन्धित व्यक्तिट सम्पर्क विहिन भहुने र यता लामा अलपत्र परेका छन् । त्यसपछि लामा जनता मिडियाको कार्यालयमा आउँछन् । आफ्नो सम्पूर्ण समस्या सुनाउँछन् । उनको सम्पूर्ण पिडा सुनिसकेपछि जनता मिडियाको टिम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा जान्छ । कर्मचरी सञ्चय कोषले २०७५ देखि २०७६ सम्म रकम जम्मा नभएको जानकारी दिन्छ र जनता मिडियाको अनुरोधमा गाउँपालिकाका पूर्व निमित्त पमुख प्शासकिय अधिकृत मोहन बहादुर शाहीसँग सम्पर्क गर्छ । शाहीले त्यतिबेलाको लेखापाललाई बुधवार बबोलाएर रकम फिर्ता गर्ने प्रतिबद्धता जनाउँछन् ।
नागरिक लगानी कोषले तिन वर्ष तिन महिनाको रकम गाउँपालिकाले जम्मा नगरेको बताउँछ । त्यसपछि हामी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर लामालाई सम्पर्क गछौँ तर उनी गैरजिम्मेवार ढंगले प्रस्तुत हुँदै जवाफ दिन इन्कार गर्दै फोन काट्छन् । प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्यायलाई सम्पर्क गर्दा उनको फोन स्वीच अफ हुन्छ । त्यतिबेलाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर शाहीलाई सम्पर्क गर्दा लेखापाललाई बुधवार वा बिहिवार बोलाएर तुरुन्तै रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्छन् । उनै लेखापाल अश्विनी कुमार देवकोटालाई सम्पर्क गर्दा आफू उक्त गाउँपालिकामा अहिले ,कार्यरत नभएपनि गाउँपालिका गएर के भएको रहेछ ? बुझेर रकम फिर्ता गर्ने उनी पनि प्रतिबद्धता जनाउँछन् ।
सामान्य कार्यालय सहयोगीमा कार्यरत कर्मचारीको सेवा सुविधामा भएको गम्भीर लापरवाही गाउँपालिकाले समयमै समाधान गर्नुपर्ने आवश्यकता त छँदैछ । फेरी यस्ता समस्ष नदोहोर्याउन गाउँपालिकाको ध्यान जानुपर्छ ।







