बारामा रास्वपाका रमेश खरेलसहित ३१ उम्मेदवारकाे जमानत जफत

जनता संवाददाता
२०८० बैशाख १३ गते, बुधबार

काठमाडौं । बारा–२ को उपनिर्वाचनमा उम्मेदवार रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेलकाे जमानत जफत भएकाे छ । तनहुँ–१, चितवन–२ र बारा–२ मध्ये तीन क्षेत्रमा भएको उपनिर्वाचनमा दुईवटा क्षेत्र जितेको रास्वपाले बारामा भने जमानत समेत जोगाउन नसकेको हो ।

बुधबार बिहान आएको अन्तिम परिणाम अनुसार रास्वपाका उम्मेदवार खरेलले २ हजार ८२९ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ । रास्वपाका उम्मेदवार खरेलले जम्मा मतको ४.१४ प्रतिशत मात्र पाएपछि जमानत जफत भएको हो ।

निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ ।

बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र जमानत जोगाएका छन् । बाँकी ३१ उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख १३ गते, बुधबार


Scroll to Top

Janata Media