खैरो हेरोइनसहित दुई पक्राउ

जनता संवाददाता
२०८१ मंसिर १२ गते, बुधबार

काठमाडौं । कैलालीको धनगढीबाट ६ ग्राम खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

धनगढी उपमहानगरपालिका –१० जुगेडा कटानमा चेकजाँच गर्दा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा सोही ठाउँ बस्ने २५ वर्षीय कमलसिंह बन्जारा थारु र लम्कीचुहा नगरपालिका –५ बस्ने ३५ वर्षीय काशिराम खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । दुबै जनालाई ६ ग्राम ४६० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर १२ गते, बुधबार


Scroll to Top

Janata Media