हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा बिहानदेखि मतदान सुरु भएको छ । उपाध्यक्ष पदका लागि सर्केगाडका बाह्र मतदानस्थलबाट मतदान सुरु भएको हो ।
सर्केगाडमा रहेका देवल प्रा.वि., सरस्वती मा.वि., लालीगुँरास मा.वि. लिप्ने, देवकोटा आ.वि. उनापानी, हिमज्योती मा.वि. सर्केगाड, भवानी आ.वि. गोठी, धुमचुली आ.वि. कल्लास, स्वयंभु आ.वि. बराई, ईश्वर आ.वि. छ्यागी, कोट मा.वि. रोडिकोट, अंशुवर्मा मा.वि. राशदेव र निलकण्ठ सामुदायिक प्रा.वि. फुचामा एक साथ मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सकेगाडमा १३ ओटा मतदान केन्द्र र १२ ओटा मतदान स्थल तोकिएको छ । ४ ओटा मतदान केन्द्रलाई संवेदनशील घोषणा गरिएको छ ।
मौसम जाडो भएकाले मतदानस्थलमा मतदाताहरु आउने क्रम विस्तारै बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।







