काठमाडौं । लमजुङमा सोमबार दिउँसो ३:४५ बजे विवाहको समान लिएर गएको ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
मस्र्याङदी गाउँपालिका–६ ठुलीबेसी स्थित भित्री सडक बेसिशहरबाट ताराचोक जाँदै गरेको ग १ त ६१४१ नं को ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अनियन्त्रित भई सडक देखि करीव १५ मिटर तल खस्न जाँदा सोही ट्याक्टरका सहचालक जिल्ला लमजुङ दुधपोखरी गाउँपालिका– २ भुम्लिचोक घर भएका वर्ष २५ को मेगराज लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
कार्यालयका अनुसार प्रहरी चौकी बाहुनडाडा लमजुङबाट प्रहरी सहायक निरीक्षक कुमार के।सी को कमाण्डमा २ जनाको प्रहरी टोली खटि गएको र चालक जिल्ला धादिङ बेनीघाट गाउँपालिका– ६ बस्ने वर्ष २८ को गणेशमान चेपाङलाई नियन्त्रणमा लिईएको छ ।







