एमालेबाट गोरख बहादुर बोगटी समानुपातिक सूचीमा

जनता संवाददाता
२०८२ पुष १७ गते, बिहीबार

हुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको सूचि सार्वजनिक भएको छ । सूचीअनुसार खस आर्यको पहिलो नम्बरमा पद्मा अर्याल, दुई नम्बरमा टूकाभद्र हमाल, निरूदेवी पाल कोमल ओलीको नाम छ ।

त्यसै गरी हुम्लाबाट गोरख बहादुर बोगटीको नाम पनि खस आर्य तर्फ समावेश गरिएको छ । बोगटी एमालेको हालै सम्पन्न ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यस भन्दा अगाडी उनी एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारीमा थिए ।

यो सँगै उनको समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बन्ने सम्भावना बलियो बनेको छ ।

प्रकाशित मिति : २०८२ पुष १७ गते, बिहीबार


Scroll to Top

Janata Media