हुम्ला । खानेपानीमन्त्री प्रदीप यादवले हुम्लावासीका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्नका लागि महत्वपूर्ण योजनाहरु अगाडि सारेको बताएका छन् । गत २८ मङ्सिरमा हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट खानेपानी आयोजना वडा नं ५, ६ र ७ को अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले हुम्ला जिल्लावासीका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्न लागि परेको बताए ।
उनले भने, ‘म खानेपानीका विषयमा नागरिलाई परेका दुस्ख र त्यसको समाधान गर्ने उदेश्यले दुर्गम जिल्लामा अनुगमनका लागि दौडिरहेको छु । आज हुम्ला आइपुगेको छु । यहाँका नागरिकका पानीका समस्या समाधानका लागि महत्वपूर्ण योजनाहरु अगाडि सारेको छु ।’
जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेका कारण नागरिकलाई खानेपानीको समस्या भइरहेकाले त्यसको दीर्घकालिन समस्या समाधानका लागि गृह कार्य भइरहेको जानकारी दिए । उनले भने, ‘जलवायु परिर्वतनले पानीका मुहान सुक्दै गएका छन् । यो निकै दुस्ख कुरो हो । पानीको समस्या समाधानका लागि दीर्घकालिन समस्या समाधानको बाटो खाज्दै छु ।’
सोही क्रममा मन्त्री यादवले आफु मन्त्री पदमा रहे नरहेपनि नेपाली नागरिकका सुख दुस्खमा हर हमेसा साथ दिइरहेको प्रतिद्धता जनाए । उनले भने, ‘म मन्त्री पदमा रहुँ वा नरहुँ मेरो साथ सहयोग सधै नेपाली नागरिक प्रति समर्पित रहने छ । म जती दिन, जती समय मन्त्री पदमा बस्छु दुर्गम क्षेत्रमा बसोबास गर्ने नेपाली जनताकै पक्षमा काम गर्छु ।’
मन्त्री यादवले हुम्लाको दुर्गम भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुद खानेपानी पहुँचको दिगो समाधानका लागि खानेपानी मन्त्रालयबाट यस आर्थिक वषर्मा सरकारले महत्वपूर्ण खानेपानी तथा ढल व्यवस्थापनका विभिन्न योजनाहरु अगाडि सारेको जानकारी दिए ।
उनले भने, ‘खानेपानी पहुँचको दिगो समाधानका लागि मन्त्रालयबाट महत्वपूर्ण खानेपानी तथा ढल व्यवस्थापनका योजनाहरु अगाडि सारेको छु । यस कार्यमा समुदायको सहकार्य र समर्थन आवश्यक छ ।’ समुद्री सतहबाट दुई हजार नौँ सय मिटरको उचाइमा रहेको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट क्षेत्र भौगोलिक रुपमा दुगर्म भएपनि यहाँका नागरिकहरुको आवश्यकता र अधिकारलाई राज्यले उपेक्षा गर्न नसक्ने समेत मन्त्री यादवले बताए । उनले भने, ‘यस क्षेत्रबाट मानसरोवर र कैलाश पवर्तको यात्रा सुरु हुन्छ, त्यसैले सिमकोटलाई कैलाश पवर्त र मानसरोवरको प्रवेशद्वारका रुपमा पनि चिनिन्छ ।यहाँका नागरिकको आवश्यकता उपेक्षा गर्न सकिने सवाल नै उठ्दैन ।’
अनुगमनकै क्रममा मन्त्री यादवले आफु सहित सिङ्गो मन्त्रालय हुम्लाका सबै नागिरकलाई स्वच्छ र सुरिक्षत पानी उपलब्ध गराउन प्रतिबद्ध रहेको जानकारी गराए । समुदाय (आधारित व्यवस्थापन) खानेपानी प्रणालीहरुको दीगो सञ्चालन र व्यवस्थापनका लािग स्थानीय समुदायको सहभािगता सुनिश्चित गर्ने तथा प्राकृतिक स्रोतको संरक्षण, जल स्रोतहरु जोगाउन र दीगो रुपमा उपयोग गर्न समुदायसँग मिलेर काम गिरने एवं संरक्षणका लागि कानून र नीति कार्यान्वयनलाई प्रभावकारी बनाइने मन्त्री यादवको भनाई छ ।
हुम्लाको सदरमुकाम सिमकोटमा भएको खानेपानीको समस्या समाधानको लागि हुम्ला जाने खानेपानी मन्त्री प्रदिप यादवले प्रतिबद्धता गरेका थिए । जनता मिडियासँग कुरा गर्दै उनले आफ्नै नेतृत्वमा मन्त्रालयको टिम हुम्ला गई खानेपानीको समस्या पहिचान गरि समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
हुम्ला जिल्लामा कम्तिमा पनि पाँच हजार भन्दा बढी घरधुरीमा सुरिक्षत पानी पुर्याउनुका साथै बिद्यालय र स्वास्थ्य संस्थामा आधारभूत खानेपानी र सरसफाइको व्यवस्था गरेको जानकारी दिइएको थियो ।
हुम्लाका दुगर्म भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुद, खानेपानी पहुँचको दिगो समाधानका लागि खानेपानी मन्त्रालयबाट यस आर्थिक वर्षमा १७ वटा आयोजनाहरु कार्यान्वयन गरिहेका र जसमा कुल रु आठ दशमलब ५ करोड बजेट विनियोजन गरिएको जनाइएको छ ।
यो पनि पढ्नुहोस्ः
खानेपानी मन्त्री यादवको प्रतिबद्धता: हुम्ला गएर समस्याको समाधान गर्छु







