हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-१ को बोहराबाडामा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटना हुँदा ३५ वर्षीय तुल्या बोहराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।
नुन बोकेर लोतीबाट वडा नम्बर १ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिए । ट्याक्टर माघ ६ गते बिहान १० बजेतिर दुर्घटना भएको हो ।
घाइतेहरूको उद्वारको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए । प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको उनले बताए । ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ ।







