ब्लुम्बर्गको रिपोर्ट अनुसार मस्कले ट्वीटरको सीईओको रुपमा पदभार सम्हालेसँगै उपयुक्त व्यक्ति फेला परेसँगै आफूले सीईओको पद सुम्पिने बताएका थिए । अब मस्कले ट्वीटरको सफ्टवेयर तथा सर्भर टिमको नेतृत्व गर्नेछन् ।
को हुन् लिन्डा ?
लिन्डाको लिंक्डइन प्रोफाइल अनुसार उनी सन् २०११ देखि एनबीसी युनिभर्सल कम्पनीसँग सम्बन्धित छिन् । उनी अहिले कम्पनीको विश्वव्यापी विज्ञापन तथा साझेदारी विभागको प्रमुखको रुपमा रहेकी छिन् । यसअघि उनले कम्पनीको मनोरञ्जन तथा डिजिटल विज्ञापन बिक्री विभागमा काम गर्थिन् ।
लिन्डाले टर्नरमा १९ वर्षसम्म काम गरेकी थिइन् । सो कम्पनीमा उनी कार्यकारी उपाध्यक्ष तथा सीईओको रुपमा काम गरिन् ।
लिन्डाले पेन स्टेट विश्वविद्यालयबाट लिबरल आर्टस् तथा कम्युनिकेसन विषय अध्ययन गरेकी छन् ।
बिजनेस इनसाइडरको रिपोर्ट अनुसार लिन्डाले आफ्ना साथीहरुसँगको कुराकानीमा आफू ट्वीटरको सीईओ बन्न चाहेको र आफू मस्क समर्थक रहेको बताएकी थिइन् । मस्कले कम्पनी चलाउनका लागि समय दिनु आवश्यक रहेको पनि लिन्डाले बताएकी थिइन् । – एजेन्सी



















