चार सयले घट्यो सुनको मूल्य

जनता संवाददाता
२०८१ माघ १० गते, बिहीबार

काठमाडौं । सुनको मूल्य तोलामा चार सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबार सुन प्रतितोला एक लाख ५९ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार रुपियाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपियाँ घटेको छ । अघिल्लो दिन प्रतितोला एक हजार ८९५ रुपियाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ८७५ रुपियाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ माघ १० गते, बिहीबार


Scroll to Top

Janata Media