रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश

जनता संवाददाता
२०८१ माघ १३ गते, आईतवार

काठमाडौँ । सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा छाड्ने आदेश दिएको छ।

जिल्ला अदालतमा एकसाता चलेको बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलाशसले लामिछानेलाई आइतबार धरौटीमा छाड्ने आदेश दिएको हो।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको आरोपमा लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। सहकारीको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई अदालतले एक करोड धरौटीमा छाड्न आदेश दिएको हो।

प्रकाशित मिति : २०८१ माघ १३ गते, आईतवार


Scroll to Top

Janata Media