पूर्व गृहमन्त्री लामिछानेलाई छ दिन हिरासतमा राख्न अनुमति

जनता संवाददाता
२०८१ कार्तिक ४ गते, आईतवार

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थप तीन दिन हिरासतमा रहने भएका छन् । शुक्रबार पक्राउ परेका लामिछानेलाई आइतबार म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएको हो।

अब कास्की प्रहरीले बुधबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउनेछ। कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा छ दिन हिरासतमा राख्न आदेश दिएको हो।

पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना अभियोगमा लामिछाने पक्राउ परेका हुन्। संसदीय छानबिन विशेष समितिले सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको औँल्याउँदै आवश्यक छानबिन र कारबाही गर्न सिफारिस गरेको छ।

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते, आईतवार


Scroll to Top

Janata Media