काठमाडौँ । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् ।
गायिका चौहानले माना चामल र अंश हक दाबी नगरि सम्बन्धविच्छेद मात्रै गरी पाउँ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी हुन् । उनले फिराद पत्रमा पतिले आफूमाथि अन्याय गरेको उल्लेख गरेकी छन् ।
आफ्नो प्रेम सम्बन्धलाई २०८१ वैशाख ५ गते यी जोडीले विवाहमा परिणत गरेका थिए । केही समयअघिदेखि नै यी दुईबीच सम्बन्ध सुमधुर नरहेको चर्चा बाहिरिएको थियो ।







