८१ प्रतिशतभन्दा बढी साइबर अपराध फेसबुकबाट

जनता संवाददाता
२०८१ फाल्गुन २ गते, शुक्रबार

काठमाडौँ । नेपालमा ८१ प्रतिशतभन्दा बढी अनलाइन घटना ९साइबर हिंसा तथा अपराध० सामाजिक सञ्जाल फेसबुकबाट भइरहेको पाइएको छ।

आर्थिक वर्ष २०८०/८१ मा ६३५ जना बालबालिकामध्ये २५३ बालक र ३८२ बालिका रहेका छन्। यस्तै अनलाइन हिंसा तथा अपराधमा महिला आठ हजार ७४५ जना महिला प्रभावित भएको तथ्याङ्क छ।

सुरक्षित इन्टरनेट दिवस, २०२५ को सन्दर्भमा भ्वाइस अफ चिल्ड्रेन र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एन्ड टेलिभिजन (आइवर्ट) द्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा अनलाइन हिंसाबाट प्रभावित महिला र बालबालिकाको तथ्याङ्क सार्वजनिक गरिएको हो।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगमा महिला र किशोरीमाथि हुने विभिन्न हिंसालगायत अनलाइन हिंसाको उजुरी आउने गरेको र आयोगले साइबर ब्यूरोसँग समन्वय गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने गरिएको जानकारी दिए।

उहाँले प्रविधिको सहयोगमा धेरै राम्रा, उत्पादनमुलक र सूचनामुलक जानकारी हासिल हुने गरे पनि यसको दुरुपयोग हुँदा धेरै नै दुःख, बदनामी खप्नुपर्ने अवस्था भएकोले सुरक्षित इन्टनरनेटको प्रयोग सम्बन्धी सचेनामूलक कार्यक्रम विद्यालय र समुदायस्तरमा समेत निरन्तर सञ्चालन गर्नुपर्ने बताए।

राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले साइबर हिंसाको सिकारमा धेरै बालबालिका परिरहेको बताउँदै अहिलेको जमानामा इन्टरनेटको प्रयोग नै नगर भन्न नसकिने उल्लेख गरे। उनले इन्टरनेटको सुरक्षित प्रयोगबारे बालबालिकालगायत सबैले सिक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

नेपाल प्रहरी साइबर सेल ७७ जिल्लाभरमै बिस्तार गरिएको र सबै जिल्लाबाट अनलाइन ९साइबर० हिंसाबारे उजुरी गर्न सकिने व्यवस्था रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते, शुक्रबार


Scroll to Top

Janata Media