
काठमाडौं । अर्घाखाँचीमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।
मालारानी गाउँपालिका–२ कुभिन्डेमा जिप दुर्घटना हुदाँ चालक मालारानी २ बस्ने कृष्णलाल मरासिनीको बुधबार मृत्यु भएको हो।
रूपन्देहीको बुटबलबाट अर्घाखाँची जिल्ला मालारानी गाउपालिका–२ ढाणचौरतर्फ आउदै गरेको लु १ ज ४२२६ नम्बरको जिप ढाणचौरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लले जानकारी दिए।