भोलि ईद–उल फित्र, देशभर सार्वजनिक बिदा

जनता संवाददाता
२०८० चैत्र २८ गते, बुधबार

काठमाडौँ । नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्र (इद) को अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले आज एक विज्ञप्ति सार्वजनिक गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन् ।

उहाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

प्रकाशित मिति : २०८० चैत्र २८ गते, बुधबार


Scroll to Top

Janata Media