सुर्खेत । सोमबार मोटरसाइकल काठमाडौँमा र्याली गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार सुर्खेतमा खबरदारी सभा गरेको छ। वीरेन्द्रनगरस्थित पिपलचौतारामा सडक कब्जा गरी राप्रपाले सभा गरेको हो।
सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष मुकुन्द श्याम गिरी, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, नेताहरू प्रकाशचन्द्र लोहनी, कुन्ती शाही लगायत सहभागी थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केपी शर्मा ओली, शेरबहादुर देउवाहरूकै कारण देश बर्बाद बनेको बताएका छन्। उनीहरूकै कारण देश दुर्घटनामा जान थालेकाले बचाउनका लागि राजसंस्था अपरिहार्य रहेको उनले बताए।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिलेको राष्ट्रपति कांग्रेसको मात्र भएकोले देशको अभिभावकका रूपमा राजा आवश्यक रहेको बताए ।









