त्रिशुली दुर्घटना: मृतक ५ जनाकै पहिचान खुल्यो, एकजना अझै बेपत्ता

जनता संवाददाता
२०८० चैत्र १७ गते, शनिबार

चितवन । ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा एक बालिका, २ जना पुरुष र २ जना महिला रहेका छन् भने एक जना अझै वेपत्ता छन् । वेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जान लागेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजेको समयमा सडकबाट करिब ८० मिटर तल नदिमा खसेको हो ।

मृतकको नामावलीः
१.ट्याक्सी चालक गोरखा नगरपालिका–७ बस्ने ३५ वर्षीयअर्जुन शिर्मल
२.ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने ४१ वर्षीय हरिमायां रोकाय
३.ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने ७० वर्षीय जुनकिरी रोकाय
४.ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने २८ वर्षीय अन्जना रोकाय
५.ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने ९ वर्षीय बालक आगमन नगरकोटी

बेपत्ता भएकोः
गोरखा नगरपालिका–७ बस्ने १८ वर्षीय दिवश रोकाय

प्रकाशित मिति : २०८० चैत्र १७ गते, शनिबार


Scroll to Top

Janata Media