काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी नहुने भएको छ ।
सोमबार संसद भवन नयाँबानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी तत्काल सरकारमा सहभागी नहुने बताएका हुन् ।
‘हामी अहिले सरकारमा सहभागी हुँदैनौँ । बाहिरै बसेर समर्थन गर्ने निर्णय गरेका छौँ,’ उनले भने ।
यसअघि नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई बाहिरै बसेर समर्थन गर्ने तर सरकारमै सहभागी भने नहुने निर्णय गरेको थियो ।