रास्वपाको कागेश्वरी प्रथम नगर अधिवेशन सम्पन्न, न्यौपाने अध्यक्षमा सर्वसम्मत

जनता संवाददाता
२०८१ चैत्र ४ गते, सोमबार

काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कागेश्वरी मनोहरा नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । शनिवार प्रतिनिधि सभा सदस्य सोविता गौतमको प्रमुख आतिथ्यतामा नगर अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले राज कुमार न्यौपानेको अध्यक्षतामा नयाँ नगर समिति गठन गरेको छ । त्यस्तै, उपाध्यक्षमा गोपकृष्ण थापा, सचिवमा कविता फुयाल र सह सचिवमा भुवन बराल भयन भएका छन् । सदस्यमा शसी फुयाल, विशाल कार्की, सुवर्ण पुडासैनी, दिपक अर्याल, दिपक प्रसाद पुडासैनी, न्युटन पुडासैनी, कुष्ण कुमारी आचार्य र सविना पुतुवर चयन भएका छन् ।

अधिवेशनमा काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित सांसद सोबिता गौतमको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते, सोमबार


Scroll to Top

Janata Media