‘बी’ डिभिजन लिग : श्रीभगवतीको दोस्रो जित

जनता संवाददाता
२०८१ चैत्र ५ गते, मंगलवार

 

काठमाडौँ । श्रीभगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

एन्फा मैदान सातदोवाटोमा मङ्गलबार भएको खेलमा श्रीभगवतीले ब्रिगेड ब्वाइज क्लबलाई २–० गोलले हरायो । श्रीभगवतीको जितमा सुलेमन थापामगरले ३०औँ र दिपेश श्रेष्ठले ८४औँ मिनेटमा गोल गरे ।

जितसँगै श्रीभगवतीले दुई खेलमा ६ अङ्क बनाएको छ । दुई खेलमा पहिलो हार खेपेको ब्रिगेड ब्वाइजको तीन अङ्क छ । अर्को खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २–१ गोलले हराएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते, मंगलवार


Scroll to Top

Janata Media