काठमाडौँ । ज्येष्ठ नागरिक जागरण नेपालले ज्येष्ठ नागरिकलाई आधार भुत तथा प्राबिधिक मुलक शिक्षा सञ्चालन गर्ने भएको छ ।
बाल सचेतना केन्द्र नेपालका अध्यक्ष बाबुराम फुयालको सक्रियतामा बुढानीलकण्ठ नगरापलिका वडा न. १२ र जेष्ठ नागरिक जागरण नेपालको आयोजनामा भएको सो कार्यक्रम एजिङ नेपाल र बाल सचेतना केन्द्र नेपालको सहकार्यमा भएको थियो ।
बुढानिलकण्ठ नगरपालिका वडा न. १२ का महिला वडा सदस्य सान्त ढकालको सभापतित्वमा भएको उक्त कार्यक्रम प्रमुख अतिथि बागमती प्रदेश सभासदस्य जयराम थापाले उद्घाटन गरेका थिए ।
बाल सचेतना केन्द्रका अध्यक्ष बाबुराम फुयालका अनुसार सो कार्यक्रम ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरूलाई आधारभुत तथा प्रविधमूलक शिक्षा प्रदान गरिने उद्देश्य रहेको छ ।
काठमाडौंको कपनमा भएको सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं. ९, १० र १२ का वडाध्यक्षहरू लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रमुख व्यक्तित्वहरूको उपस्थितिमा भएको संयोजकको भूमिकामा रहेका बाल सचेतना केन्द्रका अध्यक्ष फुयालले बताएका छन् ।
कार्यक्रम वास्तवमै प्रेरणादायी र प्रशंसायोग्य रहेको धारणा जेष्ठ नागरिकहरूको रहेको छ । यस जागरण नेपालले ६० वर्ष माथिका आमाबुवा हरूलाई आधारभूत तथा प्राविधिक शिक्षा प्रदान गर्न आयोजना गरेको यो कार्यक्रमले जेष्ठ नागरिकहरूलाई सशक्त बनाउने महत्त्वपूर्ण पहलको प्रतिनिधित्व गरेको जानकारी स्थानीय पालिकाका जनप्रतिनिधिहरूले बताएका छन् ।







