कर्णाली किनारमा रमाउँदै राउटे समुदाय

जनता संवाददाता
२०८१ जेष्ठ ३ गते, बिहीबार

दैलेख । राउटे समुदाय नेपालको एकमात्र फिरन्ते र जीवनशैलीको हिसावले लोपउन्मूख अवस्थामा रहेको समुदाय हो ।

फिरन्ते जीवन बिताउने भए पनि सामाजिक सुरक्षा भत्ता लगायत विभिन्न सरकारी सेवा सुविधाको अनुकूलताका लागि गुरास गाउँपालिका वडा नंं ८ को अस्थाई बासिन्दाको परिचय पत्र समेत उपलब्ध कुल ४६ घर धुरी रहेको राउटे समुदायको हालको जनसङ्ख्या एक सय ३७ जनाको रहेको छ ।

जसमध्य बालबालिकाको सङ्ख्या अधिक छ । बसाई सर्ने क्रममा गुराँस गाउँपालिका वडा नंं १ स्थित कर्णाली नदिको किनारमा रहेको कुन्द्रा खेतमा आइपुगेको छ ।

राउटे समुदायको सामाजिकीकरणका लागि भन्दै सञ्चालिन राउटे परियोजनाले राउटे समुदायको खराब बानि व्यवाहारलाई सुधार गर्दे बालबालिकाहरुलाई अक्षर सिकाउने, स्वास्थ्य उपचार गर्ने लगायत क्रियाकलाप गराउँदै अएको छ ।

राउटे समुदाय अहिले जुम्ला, कालिकोटसँगै पश्चिम दैलेखीहरुले हाट जाँदा होस या बण्डाल जानका लागि प्रयोगमा आउने प्राचिन पदमार्ग पहिल्याउँदै राउटे कर्णाली किनारमा झरेका छन् । यो नै कर्णाली चिसापानी, राजापुर बर्दिया, कैलाली झर्ने सबैभन्दा छोटो पदमार्ग हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते, बिहीबार


Scroll to Top

Janata Media