विकास गुरुङको सक्रियतामा क्यान्सर पिडित घलेलाई झण्डै दुई लाख सहयोग

जनता संवाददाता
२०८१ चैत्र ११ गते, सोमबार

काठमाडौँ । विकास गुरुङको सक्रियतामा क्यान्सर पिडित आस्कुमारी घलेलाई झण्डै दुई लाख सहयोग हस्तान्तरण गरिएको छ । गोरखाको आरुघाट गाउँपालिका वडा नं २ निवासी क्यान्सर पिडितआस्कुमारी घलेलाई करिब दुई लाख रुपिँया रकम हस्तान्तरण गरिएको हो ।

काठमाडौँमा रहेको विर अस्पतालमा उपचार भईरहेको उनको पारीवारिक अवस्था निकै कमजोर भएकोले उनलाई बचाउने अभियान चलाएर सो अभियानबाट रु एक लाख अठान्नब्बे हजार पाँच सय पाँच रुपैया (१,९८,५०५) हस्तान्तरण गरिएको विकास गुरुङले जानकारी दिए ।

अभियानलाई सफल पार्नका लाथि योगदान पुर्याउने देश तथा विदेश रहने सहयोगी मनहरुलाई धन्यवाद समेत गुरुङले दिएका छन् । उक्त सहयोग सामाजिक अभियन्गुता विकास गुरुङ र NYC Club सामाखुसीको सक्रियतामा सङ्कलन गरिएको हो ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते, सोमबार


Scroll to Top

Janata Media