404 Not Found


nginx
बेलायत पठाइदिन्छु भन्दै ११ लाख ठगी गर्ने व्यक्ति पक्राउ - Janata Media

बेलायत पठाइदिन्छु भन्दै ११ लाख ठगी गर्ने व्यक्ति पक्राउ

जनता संवाददाता
२०७९ मंसिर २ गते, शुक्रबार

नेपाल प्रहरीले बेलायत पठाइदिन्छु भनी ११ लाख २० हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले बेलायत पठाइदिन्छु भनी ११ लाख २० हजार ठगी गरेको अभियोगमा काठमाडौँको मैतीदेवी बस्ने सोलुखुम्बु थुलुङ गाउँपालिका–२ का ३३ वर्षीय तिलकबहादुर बस्नेतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

काठमाडौँको पुतलीसडकस्थित रेडजोन फाउन्डेसन कन्सलटेन्सीका सञ्चालकसमेत रहेका बस्नेतले पीडितहरूलाई अमेरिका, बेलायतलगायतका देशमा भिसा उपलब्ध गराउने भन्दै प्रलोभनमा पारेर उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ।

उक्त कन्सलटेन्सीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमतिसमेत नलिई सञ्चालन गरेको पाइएपछि सञ्चालक बस्नेतलाई पक्राउ गरिएको हो। पक्राउ बस्नेतलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको सो कार्यालयले जनाएको छ। रासस

प्रकाशित मिति : २०७९ मंसिर २ गते, शुक्रबार