हुम्लाको अदानचुलीमा बाढीले १० भन्दा बढी पसलमा क्षति, २६ बाख्रा मरे

जनता संवाददाता
२०८२ बैशाख ४ गते, बिहीबार

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा वर्षासहितको बाढीले क्षति पुर्‍याएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार बिहीबार बिहान बाढीले पसल र घरहरुमा क्षति पुर्‍याएको हो ।

स्थानीयका अनुसार १० भन्दा बढी घर तथा पसलमा क्षति पुगेको छ । अदानचुली गाउँपालिका–३ का आइते बुढाको बाख्राको गोठ भत्किदा २६ बाख्रा मरेका छन् । २९ ओटा बाख्रँ जिविते निकालिएको छ ।

अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले क्षति ठुलो मात्रामा भएको र अहिले प्रहरीले विवरण संकलन गर्ने काम गरिरहेको बताए ।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते, बिहीबार


Scroll to Top

Janata Media