काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा दुई हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा २० ले बढेको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय ८० निर्धारण भएको छ ।रासस