शुद्धोधन गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

जनता संवाददाता
२०८२ बैशाख ५ गते, शुक्रबार

काठमाडौं । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ।

गएराति मायादेवी गाउँपालिका–१ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको प्रहरीको भनाइ छ। उनको अवस्था खतरामुक्त भएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते, शुक्रबार


Scroll to Top

Janata Media