कक्षा १२ को परीक्षा केही समय पछाडि धकेलिने !

जनता संवाददाता
२०८२ बैशाख ९ गते, मंगलवार

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केही समयका लागि सार्ने तयारी सुरु गरेको छ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलपछि बोर्डले परीक्षा सार्ने तयारी गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

शर्माले बोर्डका पदाधिकारीहरूसँगको छलफलपछि वैशाख ११ गतेदेखि तय भएको परीक्षा मिति केही समय पछाडि धकेलिने सक्ने बताए।

बालुवाटारमा प्रधानमन्त्री ओली, बोर्ड अध्यक्ष शर्मा र शिक्षा सचिव दीपक काफ्लेबीच भएको भेटमा प्रधानमन्त्रीले जटिल परिस्थितिका कारण परीक्षा स्थगित गर्न निर्देशन दिएको स्रोतले जनाएको छ।

यसअघि बोर्डले वैशाख ११ गतेदेखि परीक्षा सञ्चालन गर्न सबै तयारी पूरा गरेको थियो। तर, प्रधानमन्त्रीले परिस्थिति सहज नभएको भन्दै परीक्षा पछि सार्न आग्रह गरेका हुन्।

प्रधानमन्त्रीको निर्देशनअनुसार बोर्डले नयाँ मिति तय गर्न बैठक बस्ने तयारी गरेको छ। बोर्डले चाँडै सूचना जारी गरेर नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते, मंगलवार


Scroll to Top

Janata Media