रवि लामिछानेको रिटमा कैफियत प्रतिवेदन मगाउन उच्चको आदेश

जनता संवाददाता
२०८२ बैशाख २२ गते, सोमबार

काठमाडौँ । उच्च अदालत पाटन, हेटौँडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिटमा कैफियत प्रतिवेदन मगाउने आदेश दिएको छ ।

सोमबार उच्च अदालत पाटन, हेटौँडाका न्यायाधीश शान्ता सेढाइँको एकल इजलासले रास्वपाका सभापति लामिछानेले धरौटी बदर मगसहित दायर गरेको निवेदनमा सो आदेश गरेको हो ।

न्यायाधीश सेढाइँले चितवनको सहारा सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेसँग ५४ लाख धरौटी माग गर्ने चितवन जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन मगाउने आदेश गरेका छन् ।

२०८१ माघ २४ गते चितवन जिल्ला अदालतले लामिछानेसँग ५४ लाख रुपियाँ धरौटी माग गरेको थियो । सो आदेश बदरको माग गर्दै लामिछानेले उच्चमा निवेदन दिएका थिए ।

प्रकाशित मिति : २०८२ बैशाख २२ गते, सोमबार


Scroll to Top

Janata Media