केपी ओली कप टी–२० क्रिकेटः आयोजक माथि कर्णालीको जित

जनता संवाददाता
२०८० मंसिर ९ गते, शनिबार

काठमाडौ । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोलाई ४ विकेटले पराजित गरेको छ ।

शनिवार पोखरा रङ्गशाला क्रिकेट मैदानमा भएको खेलमा आयोजक रातोले दिएको ११० रनको लक्ष्यलाई कर्णाली प्रदेशले १८।१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्‍यो । दुवै टोलीलाई पराजित गरेको बागमती प्रदेश भने सेमिफाइनल प्रवेश गरिसकेको छ ।

टस जितेर ब्याटिङ गरेको मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका लागि रोशन गौतमले ३० रन, निर्मल थापा १७ रन, निश्चल ग्यावतीले १९ रन, सेहजाद आमलले १६ रन बनाउनुभयो । कर्णालीका प्रकाश जैसीले २ विकेट लिए ।

११० रनको लक्ष्य पछ्याउँदै कर्णालीका लागि दीपेन्द्र रावतले ४३ रन, प्रकाश जैसीले १९ रन, निश्चल रावल १५ रन बनाउदै अन्य ब्याट्मान्ले दोहोरो रन जोड्न सकेनन् । आयोजक एकेडेमी रातोका सन्तोष यादव र विप्रासन केसीले समान २ विकेट लिए।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहित मेडल र ट्रफि प्राप्त गर्ने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । यस्तै, म्यान अफ द सिरिजले नगद ३० हजार, वेस्ट व्यटार र बलरले जनही नगद २०(२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् ।

प्रकाशित मिति : २०८० मंसिर ९ गते, शनिबार


Scroll to Top

Janata Media