हुम्ला र मुगुका एक/एक जना छोरीलाई अक्कल कोपिला फाउण्डेसनको सम्मान

जनता संवाददाता
२०८२ जेष्ठ १३ गते, मंगलवार

काठमाडौँ । हुम्ला र मुगुका एक-एक जना महिलालाई अक्कल कोपिला फाउण्डेसनले सम्मान गरेको छ । हुम्लाकी दिपा शाही र मुगुकी दुर्गा रावललाई फाउण्डेसनले सम्मान गरेको हो ।

हुम्लाको खार्पूनाथ गाउँपालिका वडां ५ की दिपा शाही राष्ट्रिय महिला टोलिकी अलराण्डर हुन् । उनी हुम्ला जस्तो दुर्गम ठाउँमा जन्मिएर देशलाई खेलका माध्यमबाट चिनाउन उल्लेख्य भूमिका खेल्दै आएकी छन् । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं २ की दुर्गा रावल स्वदेशी तथा विदेशी पर्यटकलाई देशका विभिन्न ठाउँहरु चिनाउन सहयोगीको भूमिका खेल्दै आएकी छन् ।

उक्त सम्मान अक्कल कोपिला फाउण्डेसनका अध्यक्ष अक्कल बोहराले सम्मान गरेका थिए । दुवै जनालाई प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिएको छ । उक्त सम्मान कार्यक्रमको समन्वय जनता मिडियाले गरेको थियो ।

फाउण्डेसनका अध्यक्ष बोहराले कर्णालीलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने जो सुकै व्यक्ति भएपनि फाउण्डेसनले सम्मान तथा आवश्यक सहयो गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते, मंगलवार


Scroll to Top

Janata Media