युवा पलायन कसरी रोक्ने ?

जनता संवाददाता
२०८१ बैशाख २० गते, बिहीबार

ददिराम बुढाथोकी, काठमाडौँ । कुनै पनि देशको शक्ति र सम्पत्ति भनेको त्यस मुलुकको युवा जमात हो । तर नेपालले युवालाई स्वरोजगार बनाउन नसक्दा दैनिक सयौँको संख्यामा बिदेशिन बाध्य भएका छन् । यो अवस्था व्यक्तिका लागि मात्र नभएर राष्ट्रका लागि पनि उत्तिकै बेफाईदा छ । समयमै आवश्यक योजना तर्जुमा गरी युवा स्वरोजगारको कार्यक्रम ल्याउन सक्नु पर्छ । आजसम्म प्राय जसो सबै दलले समृद्धिको नारा लगाएपनि यसको व्यावहारिक रुप कस्तो हुन्छ ? त्यो जनताले देख्न पाएका छैनन् ।

यस्तो अवस्थामा तमाम् युवा जमातमा एक किसिमको नैरास्यता पैदा हुन्छ र समाजमा शासक वर्ग प्रति आक्रोशको भावनाको विकास हुन्छ । यो हुन नदिनका लागि स्वरोजगार तथा उत्पादनमुलक शिक्षाको विकास गर्नु पर्दछ । विद्यालय स्तर देखिकै पाठ्यपुस्तकमा समेट्नु पर्छ, जस्तै यस्ता विविध क्रियाकलापले स्वरोजगार र उद्यमशिल बन्न सकिन्छ भन्ने कुरालाई । अबका पिढिले बेलैमा नैतिक शिक्षा र उद्यमशिलताका कुरा पढ्न र सिक्न पाएनन् भने फेरि एक पुस्ता भौतारिने छ ।

विद्यालय नितान्त शिक्षा लिने दिने र बालबालिकाको वास्तविक क्षमताको पहिचान गर्ने पवित्र थलोका रुपमा प्रयोग हुनुपर्छ । शब्दमा मात्र बालमैत्रि पूर्ण विद्यालय भनेर हुने वाला केहि छैन । वास्तवमै वालमैत्रि पूर्ण वातावरणको विकास गरेर सानै उमेर देखि आत्मनिर्भरका कुरालाई राम्रोसँग सिकाउन सके, आजका बालबालिका आउदो १५ देखि २० बर्ष भित्रका उदाउँदा स्वरोजगार युवा शक्तिको जमात देखिने थियो । यसको परिणाम समग्र राज्य व्यवस्थामा देखिन्छ र भिजनरी व्यक्तिहरु अझ बढि सक्रियताका साथ कार्य गर्ने थिए । यसरि एउटा सानो प्रयसले पनि मुलुकै चुनौतिका रुपमा रहेको वेरोजगारको समस्या र दिनहु हजारौंको संख्यामा विदेशिने नागरिकलाई व्यवस्थापन गर्न सकिन्छ ।

मुलुकलाई समृद्धि बनाउन र स्वरोजगारको सिर्जना गर्न नेपालमा अनगिन्ति सम्भावना छन् । उद्योग कलकारखाना, प्रविधिको विकास, वैज्ञानिक कृषि उत्पादन प्रणाली लगायत खनिज उत्खनन जस्ता थुप्रै क्षेत्रको सम्भाव्य अध्यायन गरी कार्य गर्न सक्नु पर्दछ । यस्तो कार्यले आम नागारिक सहित मुलुकको समग्रतालाई हित गर्छ र युवा वर्ग रोजगारकै लागि अफ्रिका लगाएत मरुभुमि तिर भौतारिनु पर्दैन थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते, बिहीबार


Scroll to Top

Janata Media