९ वर्षपछि पन्जाबलाई हराउँदै आरसीबी आइपीएलको फाइनलमा

जनता संवाददाता
२०८२ जेष्ठ १६ गते, शुक्रबार

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल)को पहिलो क्वालिफायरमा पन्जाब किङ्सलाई हराउँदै रोयल च्यालेन्जर्स ब्याङ्गलोर (आरसीबी) ९ वर्षपछि आइपीएलको फाइनलमा प्रवेश गरेको छ।

आरसीबीले पन्जाबलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। मुलानपुर स्थित महाराजा युजवेन्द्र सिंह इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाब १४.१ ओभरमा १०१ रन बनाउँदै अलआउट भयो।

पन्जाबले दिएको १०२ रनको विजयी लक्ष्य पछ्याको आरसीबीले १० ओभरमा २ विकेट गुमाउँदै १०६ रनसहित लक्ष्य पूरा गर्यो।

पन्जाबले दिएको सामान्य लक्ष्य पछाएको आरसीबीको लागि फिल साल्ट ले सर्वाधिक ५६ रनको अविजित अर्धशतकीय पारी खेले। उनले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। विराट कोहोलीले १२ रन बनाउँदा मयंक अग्रवालले १९ रन बनाए। कप्तान रजत पार्टीदार १५ रनमा अविजित रहे।

पन्जाबका लागि बलिङमा काइल ज्यामिसन र मुशेर खानले १/१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको पन्जाबका लागि मार्कस स्कोटिसले सर्वाधिक २६ रन बनाए उनले १७ बलमा समान दुई चौका र दुई छक्का प्रहार गरे। त्यसअघि ओपनर प्रभा सिम्रन सिंहले १८ रन बनाए अजमतुल्ला उमराजाईले १८ रन बनाउँदा अनि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पन्जाबलाई सस्तैमा समेट्न आरसीबीका बलरद्वय जोश हाजवुड र सुरेश शर्माले समान ३/३ विकेट लिए यस दयालले २ विकेट लिँदा भुवनेश्वर कुमार र रोमारियो सेफर्डले १/१ विकेट लिए। आइपीएल २०२५ को एलिमिनेटरमा शुक्रबार गुजरात टाइटन्स र मुम्बई इन्डियन्स् भिड्दैछन् ।

पन्जाबले एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते, शुक्रबार


Scroll to Top

Janata Media