काठमाडौँ । राष्ट्रिय दलित आयोगले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा र राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको अध्यक्षतामा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाइएको हो ।
कार्यक्रममा महान्यायधिवक्ता रमेश वडाल, प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरु, आचार्य गुरु तुलसी राम पोखरेल, राष्ट्रिय दलित आयोगका सदस्यहरु मीना देवी सोव, टुन्जे कामी (बराइली), मेहले पार्की र सुन्दर पुर्कुटीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पहिलो उद्घाटन सत्र र दोस्रो छलफल सत्र राखिएको थियो । उद्घाटन सत्रमा औपचारिक कार्यक्रम गरिएको थियो । दोस्रो सत्रमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका विषयमा छलफल गरिएको थियो ।







