भरुवा बन्दुक पड्किँदा एकको मृत्यु

जनता संवाददाता
२०८२ जेष्ठ २३ गते, शुक्रबार

काठमाडौं । दैलेखमा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार महाबु गाउँपालिका–४ का ३५ वर्षीया पूर्ण बहादुर थापा सलामी मगरको भरुवा बन्दुक पड्किँदा मृत्यु भएको हो ।

शुक्रबार बिहान करिब २ बजेतिर महाबु गाउँपालिका–४ बतासेस्थित सिकार खेली घर फर्कने क्रममा सूर्यबहादुर थापा बलामी चिप्लिँदा बन्दुक पड्किएपछि पूर्णबहादुर थापा बलामीको छातिमा छर्रा लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लाल बहादुर सुनारले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते, शुक्रबार


Scroll to Top

Janata Media