सवारी दुर्घटनामा परी सर्लाहीमा सब-इन्जिनियरसहित २ जनाको मृत्यु

जनता संवाददाता
२०७९ पुष १६ गते, शनिबार

काठमाडौँ । सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार राति ८ बजे हरिपुर नगरपालिका ८ जगतपुरमा गाडीको ठक्करबाट साइकल यात्री वडा नं. २ बस्ने चन्देश्वर चौधरीको मृत्यु भएको छ ।

नवलपुर मंलगवा सडकखण्डमा मंलगवाबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ च २३९६ नम्बरको गाडीले साकइकल यात्री चौधरीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

उनलाई मलंगवा प्रादेशिक उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए ।

उनका अनुसार शव पोस्टमार्टमका लागि मलंगवा अस्पताल सर्लाहीमा राखिएको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यस्तै शुक्रबार राति सवा १० बजे सर्लाहीको ईश्वरपुर नगरपालिका १२ पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकल अयिन्त्रित भएर दुर्घटना हुँदा धनुषाको धनुषाधाम नगरपालिका-३ बस्ने वर्ष ३० का रोशन यादको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ उनले आफैं चलाएर आउँदै गरेको ना१ब २५५६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।

उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको डिएसपी यादवले जानकारी दिए । यादव सर्लाहीको लालबन्दी नगरपालिकाको सब-इन्जिनियर पदमा कार्यरत रहेका थिए ।

प्रकाशित मिति : २०७९ पुष १६ गते, शनिबार


करार सेवा परिपूर्ति सम्बन्धि हिमाली गाउँपालिका, बाजुराको सूचना
Scroll to Top

Janata Media