मुगुमा चट्याङ लागेर १३ बाख्रा मरे

जनता संवाददाता
२०८२ जेष्ठ ३१ गते, शनिबार

मुगु । मुगुको सदरमुकाम गमगढी नजिक रहेको छायाँनाथ रारा नगरपालिकाको झ्यारीगाउँको जाँतालैना ठाउँमा बिहीवार चट्याङ लागेर ठुलो संख्यामा बाख्रा मरेका छन् । चट्याङले झ्यारीको वडा ८ मा १३ बाख्रा मरेका हुन् ।

झ्यारी गाउँको जाँतालैना भन्ने स्थानमा बिहीबार बाख्रा चरन क्षेत्रमा लगेका बेला बेलुकाको ४ बजेतिर चट्याङमा परेर गणेश रावल र बाँचुरुप रावलका १३ वटा बाख्रा मरेको छायाँनाथ रारा नगरपालिका वडा ८ का वडाध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए। वडाध्यक्ष रावलका अनुसार गएको बिहीबार अविरल पानीको बाहबले स्थानीयले प्रयोग गर्दैआएका तीनवटा घट्ट र काठेपुल बगाएको छ ।

पाठी गोठाला गणेश रावलका अनुसार जाँतालैना चौरमा अचानक परेको पानीसँगै आएको चट्याङमा परी १३ वटा बाख्रा मर्दा हामी सामान्य किसानलाई निकै क्षति भएको छ। स्थानीय सरकार, सहयोगी मन त्यसैगरी गैर सरकारी निकायसँग सहयोगका लागि उनले अपिल गरेका छन्।

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते, शनिबार


Scroll to Top

Janata Media