टिका गहण कार्यक्रममा राष्ट्रपति सोफामा, मूलपुजारी भुइँमा

जनता संवाददाता
२०७९ आश्विन १९ गते, बुधबार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पण्डितहरूले भनेकै समयमा हनुमानढोकाका मूलपुजारी र राष्ट्रपति कार्यालयका मूलपुजारीबाट दसैंको टीका ग्रहण गरिन् । बडादसैं २०७९ को अवसरमा राष्ट्रपति भण्डारीले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११:५१ बजे टीका ग्रहण गरेकी थिइन् ।

दसैंको टीका ग्रहण गर्ने शुभ साइत आउनैलाग्दा पुजारीहरूले तयारी गरेका थिए । राष्ट्रपतिका लागि सोफाको व्यवस्था गरिएको थियो । मन्त्र वाचन गर्दै सुरुमा हनुमानढोकाका मूलपुजारी अर्यालले राष्ट्रपतिलाई अक्षता लगाइदिए र दाहिने हातमा धाँगो बाधिँदिए । त्यसपछि उनले राष्ट्रपतिबाट टीका थाप्ने पालो आयो । राष्ट्रपति भण्डारी सोफामा बसेकाले अर्याललाई उभिएरै टीका थाप्न सम्भव भएन । उनले घुँडा आधा खुम्च्याएर राष्ट्रपतिले आफ्नो निधारमा हात पुर्‍याउने तहसम्म निहुरिएर टीका ग्रहण गरे ।

राष्ट्रपतिको दसैं टीकाको भीडीयो र फोटो खिच्नका लागि सरकारी सञ्चारमाध्यमका पत्रकारहरू पुगेका थिए । उनीहरूका अनुसार राष्ट्रपतिले पुजारीहरूलाई टीका लगाइदिँदा सामुन्नेमा कुर्सी राखिएका थिएनन् । अर्यालले घुँडा खुम्च्याएर निहुरिइ टीका थापेपछि टीका लगाउन पुगेका पुजारी ढकाल भने भुइँमा बसेका थिए । उनी भुइँमा बस्दा राष्ट्रपतिले नबस्न इशारा गरेको देखिएको पत्रकारहरूले बताएका छन् । तरपनि ढकालले बसेर नै टीका थापेको र पुजारीहरूसँग आएकाले पनि पलेटी कसेरै टीका थापेका थिए ।

प्रकाशित मिति : २०७९ आश्विन १९ गते, बुधबार


Scroll to Top

Janata Media