बेलिबृज उद्घाटन असार २२ गते हुने, प्रधानमन्त्री ओली हुम्ला आउने

जनता संवाददाता
२०८२ असार १८ गते, बुधबार

हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओली बेलिबृज उद्घाटन गर्न यही असार २२ गते हुम्ला आउने भएका छन् । कर्णाली करिडोरअन्तरगत पर्ने खार्पुनाथ बेलिबृज उद्घाटन गर्न प्रधानमन्त्री ओेली हुम्ला आउने भएका हुन् ।

बेलिबृज उद्घाटनका लागि प्रधानमन्त्री ओली हुम्ला आउने तय भएको नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज तथा एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले जानकारी दिए । प्रधानमन्त्री शर्मा ओेलीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल आउने कार्यक्रम तय गरिएको छ ।

बेलिबृज उद्घाटन गरेपछि हुम्ला जिल्ला औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ । औपचारिक उद्घाटनका लागि सदरमुकाम सिमकोट पर्खिरहेको छ ।

प्रकाशित मिति : २०८२ असार १८ गते, बुधबार


Scroll to Top

Janata Media