पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन

जनता संवाददाता
२०७९ माघ २२ गते, आईतवार

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ ।

७९ वर्षका उनी कमैलाई मात्र लाग्ने एमलोइडोसिस् रोगबाट पीडित थिए । र उनी ३ हप्तादेखि अस्पतालमा भर्ना थिए ।

पूर्व सेनाप्रमुखसमेत रहेका उनको निधनमा सेनाको मिडिया विङ्सले समवेदना सन्देश निकालेर भनेको छ, ‘अल्लाहले दिवंगत आत्मालाई शान्ति र शोक सन्तप्त परिवारलाई शक्ति दिउन् ।’

१८ वर्षको उमेरमा सन् १९६१ मा सैनिक एकेडेमीमा भर्ना भएका उनी सेनाको प्रमुख बनेका थिए । सन् १९९९ मा सैनिक कुमार्फत उनले सत्ता हात पारेका थिए ।

प्रकाशित मिति : २०७९ माघ २२ गते, आईतवार


Scroll to Top

Janata Media