पहिरोसँगै आएको ढुङ्गाले लाग्दा दुई दिदीबहिनीको मृत्यु

जनता संवाददाता
२०८२ असार २० गते, शुक्रबार

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकामा अविरल वर्षापछि पहिरोसहित खसेको ढुङ्गाले लाग्दा दुई ददीबहिनीको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका–३ तर्पेनामा घर माथिकबाट खसेको पहिरोसहितको ढुङ्गा लागेर दुई दिदीबहिनीको मृत्यु भएको हो ।

टिनको टहरामा सुतिरहेका बेला बिहीबार राति करिब ९ः३० बजेको समयमा टहरा माथिबाट खसेको ठुलो ढुङ्गाले नरबहादुर बुढाकी १६ वर्षीया छोरी चन्द्रा बुढाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीले उनीसँगै सुतेकी २० वर्षीया सर्मिला बुढा घाइते भएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी अर्छानि लैजाँदै गर्दा बाटैमा मृत्यु भएकोे जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असार २० गते, शुक्रबार


Scroll to Top

Janata Media