यु–१६ लिगमा शेर्पा र फ्रेन्डको विजयी

जनता संवाददाता
२०८२ असार २३ गते, सोमबार

काठमाडौँ । हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा जित निकालेका छन् ।

एन्फा मैदान सातदोवाटोमा सोमबार भएको खेलमा हिमालयन शेर्पाले श्री भगवती क्लबलाई ३–१ गोलले हरायो ।

शेर्पालाई जित दिलाउन कप्तान प्रदीप खत्री, विष्णु सुनुवार र जेनिल सुब्बाले गोल गर्नुभयो । श्री भगवतीका अनिल गुरुङले सान्त्वना गोल फर्काए ।

यस्तै अर्को खेलमा मन्दीप ढुंगेलको पाँच् गोल सहयोगमा फ्रेन्ड्स क्लबले साविक विजेता चर्च ब्वाइज युनाइटेडलाई ७–० गोलले हरायो ।

एक पक्षीय खेलमा फ्रेन्ड्सका लागि बाँकी दुई गोल सुनिल केसी र ऋषभ पुनले गरे । लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ ।

लिगको विजेता टोलीले एक लाख रुपियाँ र उपविजेता ५० हजार रुपियाँ पुरस्कार पाउने छ । यस्तै व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई १५र१५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।

 

प्रकाशित मिति : २०८२ असार २३ गते, सोमबार


Scroll to Top

Janata Media