नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो, रोहितको अर्थशतक, अविनाशको ६ विकेट

जनता संवाददाता
२०८० आश्विन १४ गते, आईतवार

काठमाडौं । १९ औँ एसियाली खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले हराएको छ।

चीनको झिजियाङ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनायो।  २ सय १३ रनको विशाल लक्ष्य पाएर मैदानमा आएको माल्दिभ्सले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ७४ रनमात्र बनाउन सक्यो।

माल्दिभ्सका गनि मौयाथको ३६ रन नै सर्वाधिक रह्यो। खेलमा माल्दिभ्सले १० रन अतिरिक्त पाएको थियो। माल्दिभ्सलाई सस्तैमा समेटन् अविनाश बोहोराले ६ विकेट लिए। २२ बल फ्याकेका उनले ११ रन खर्चिए।  यतै गुल्नन झा, सोमपाल कामी, सन्दिप लामिछाने र कुशल भुर्तेलले एक एक विकेट लिए।

त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो। कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए। कुशल मल्ल २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहे।

पाँचौं विकेटका लागि गुलशन झा र रोहित पौडेलले ७० रनको साझेदारी गरेका थिए। गुलशन ३५ रनमा आउट भए। ओपनर आसिफ शेख ६ रनमा आउट भए भने कुशल भुर्तेल ३५ रनमा पेभिलियन फर्किए।

एक वर्षपछि पुनरागमन गरेका विकेट किपर विनोद भण्डारी १३, सन्दीप जोरा ५ र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट हुँदा सोमपाल कामीले एक बलमा एक रन बनाए।

माल्दिभ्सका बदिउ इस्माइल नवाजले सर्वाधिक ३ विकेट लिए।

प्रकाशित मिति : २०८० आश्विन १४ गते, आईतवार


Scroll to Top

Janata Media