प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ गीत सार्वजनिक (भिडियो)

जनता संवाददाता
२०८२ श्रावण २ गते, शुक्रबार

काठमाडौँ । लोकगायक प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ बोलको गीत सार्वजनिक भएको छ । तीज गीतमा गायक महतलाई गायिका सुनिता दुलालले साथ दिएकी छन्। सियोन श्रेष्ठको कोरियोग्राफी एवम् निर्देशन रहेको गीतको छायांकन श्याम तामाङले गरेका हुन् ।

रानी मुना कार्कीले निर्माण गरेको भिडियोमा नायिका अञ्जली अधिकारी र गायक महत स्वयम्ले अभिनय गरेका हुन् । गीतमा रत्न बिकको बाँसुरी, हेमन्त कान्छा रसाइलीको सारंगी, मदन रेग्मीको मादल र शिशिर परियारको सनइको धुन सुन्न सकिन्छ ।

शब्द र संगीत गायक महतकै रहेको गीत बिहीबार उहाँकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २०८२ श्रावण २ गते, शुक्रबार


Scroll to Top

Janata Media