(कान्तो) जापान । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) जापानमा आगामी कार्यकाल २०२५–२०२७ का लागि अध्यक्ष पदका लागि सिद्धार्थ श्रेष्ठले आौपचारीक रूपमा नै उम्मेदवारी घोषणा गरेका छन् ।
विगत १७ वर्षदेखि जापानमा बसोबास गर्दै सामाजिक सेवामा निरन्तर सक्रिय रहेका अनुभवी श्रेष्ठले पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी नेतृत्वलाई मूल एजेन्डा बनाएर अध्यक्ष पदमा प्रस्तुत गरेका हुन् ।
श्रेष्ठ एनआरएनए जापानमा लामो समयदेखि विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका अनुभवी अभियन्ता हुन्। उनले मानार्थ सदस्य, सल्लाहकार, प्रवक्ता, महासचिव हुँदै हाल उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी बागलुङ समाजमा पनि जापानकै अध्यक्ष समेत भई काम गरिसकेका छन् ।
“संस्थालाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउने मेरो सङ्कल्प अब अध्यक्ष पदको नेतृत्वबाट अझ प्रभावकारी रूपमा अघि बढ्नेछ,” श्रेष्ठले स्पष्ट पारेका छन्।
“नेपालीका दुःखमा पहिलो सहारा” भन्ने नारासहित मैदानमा उत्रिएका श्रेष्ठले संस्थाभित्रका अस्वस्थ प्रवृत्तिहरूविरुद्ध सदैव स्पष्ट आवाज उठाउँदै आएका छन्। उनले आफू कसैसँग प्रतिस्पर्धा गर्न नभई समुदायको सेवा गर्ने दृढ इच्छाशक्तिका साथ उम्मेदवार बन्न लागेको बताएका छन्।
स्वच्छ, निष्पक्ष ,पारदर्शिता समाज निर्माणको लागि अग्रज लाई सम्मान युवा लाई प्रोत्साहन गर्दै सबल सरल र परिष्कृत गरी सबैलाई अपनत्व र अभिभावकत्व सहितको समाजको निर्माणको लागी भूमिका खेल्ने प्रतिबद्धता गरेका छन् ।
क्षेत्र र केन्द्र र नेपालीपन र मनलाई जोड्दै समन्वय गर्दा सबैसँग सहकार्य गरी अगाडी बढ्ने उनले बताएका छन् । जापानवासी सम्पूर्ण नेपाली जनहरुमा सहयोगको लागी पनि अपिल गरेका छन् ।







