बाजुरामा जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जनता संवाददाता
२०८२ श्रावण ९ गते, शुक्रबार

बाजुरा । बाजुरामा जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुई जनाको घट्न स्थलमै मृत्यु भएको र थप एक जनाको दुई तीन घण्टा पछि मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या तीन पुगेको हो ।

मृत्यु हुनेमा हिमाली गाउँपालिका–५, सुन्यबाडा बस्ने वर्ष ७३ का बाजा रोकाया र सोही ठाउँमा बस्ने वर्ष ७५ का विजुरा रोकाया र वर्ष ३५ जुनेली रोकाया रहेकी जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आज बिहान ९ बजे क्युडी देखि धुलाचौर आउँदै गएको ०३००१ बा. प्र. ०३००१ ज। ०३३८ नम्बरको जिप क्युडी नजिक सडकबाट अन्दाजी दुई सय पचास मिटर तल खसेपछि दुई जनाको घटना स्थलमै र एक जनाको पछि मृत्यु भएको प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताए ।

उनले भने, “ बिहान दुई जनाको मृत्यु र १२ जना घाइते भएको भन्ने खबर थियो । भने अहिले प्रहरी घटना स्थलमा पुगेर अनुगमन गर्दा तीन जनाको मृत्यु र १६ जना घाइते भएका छन् । ”

घाइते हुनेमा हिमाली गाउँपालिका–५, क्युडीका वर्ष ३५ को बाचलाल रोकाया, सोही ठाउँको वर्ष २६ को धनसिंह रोकाया वर्ष ७० की भर्दैरी रोकाया , वर्ष २२ को बाँचधन रोकाया,वर्ष ४५ को वीरबहादुर बुढा वर्ष ५० को छते रोकाया, वर्ष ७० को अम्म रोकाया, वर्ष ४५ को भैजित बुढा, वर्ष १४ को दशरथ बुढा, वर्ष १२ की अप्कली बुढा, वर्ष ५० को रनसुन सुनार, वर्ष ५० को राजबहादुर बुढ्थापा र वर्ष ८ को साजन रोकाया रहेका छन् ।

त्यसै गरी हिमाली गाउँपालिका विच्छ्या बस्ने वर्ष ३५ को दलबहादुर चँदारा र र हुम्ला ताजाकोट गाउँपालिका ३ बस्ने वर्ष ३६ का सुरेन्द्र शाही रहेका छन् ।

गम्भीर अवस्थामा रहेका चार जना घाइतेहरूलाई हेलिकोप्टर मार्फत सुर्खेत लगिसकेको छ भने अन्यलाई पनि अवस्था अनुसार सुर्खेतमा लिने की यतै कोल्टी अस्पतालमा लिने तयारी भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए ।

जिप हिमाली गाउँपालिका २ कोट बस्ने वर्ष २२, २३ का गौरी बुढाले चलाएका थिए । बुढा भने सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रकाशित मिति : २०८२ श्रावण ९ गते, शुक्रबार


Scroll to Top

Janata Media