काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ हुम्ला काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा उतिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । समितिले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा एक कार्यक्रमको आयोजना गर्दै हुम्लाबाट काठमाडौँमा अध्ययनका लागि आएका विद्यार्थीलाई बधाई तथा सम्मान गरेको हो ।
कार्यक्रमका संयोजक सतल रोकायाको अध्यक्षतामा र नेपाली कांग्रेस कर्णाली प्रदेश समिति सदस्य जयपति रोकायाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । त्यस्तै विशिष्ट अतिथिहरु रम्बा शाही र सुशिला रोकायाको पनि उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख अतिथि जयपति रोकायाले हुम्लामा नेपाली काङ्ग्रेस एक ढिक्का भएर जानूपर्ने र विद्यार्थीहरु लाई सहजीकरण गर्नुका साथै धेरै बोल्नुभन्दा पनि काम गर्नुपर्ने बताएका थिए ।
त्यस्तै कार्यक्रममा नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य याङ्जोर कार्कीले एक जना, नेपाल विद्यार्थी संघ हुम्ला काठमाडौँ सम्पर्क समिति उपाध्यक्ष विशाल जङ्ग शाहिले चार जनालाई छात्रवृत्तिको व्यवस्था गर्ने घोषणा गरेका छन् । बधाई तथा सम्मान कार्यक्रममा एसइई दिएका करिब ४० जना हुम्लाका विद्यार्थी, चार जना कलाकार, नवनिर्वाचित काठमाडौँ जिल्ला बार एसोसिएसनबाट खुल्ला सदस्य अधिवक्ता राम बहादुर शाहीलाई सम्मान गरिएको थियो ।
कार्यक्रम अवधिभर सहयोग गर्नुहुने सम्पुर्ण नेबिसंघ हुम्ला काठमाडौं सम्पर्क समितिका पदाधिकारी सहित बरिस्ठ उपाध्यक्ष बिशाल जंग शाहि र देब जंग शाहिलाई कार्यक्रममा सभाध्यक्ष सतल रोकायाले विशेष धन्यवाद ज्ञापन गरेका थिए ।









