भिरबाट लडेर हुम्लामा एक जनाको मृत्यु

जनता संवाददाता
२०८२ श्रावण १८ गते, आईतवार

मोहनसिंह बुढा, हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा बाख्रा चराउन बनमा गएका बुढाको भिरबाट लडेर मृत्यु भएको छ । शनिबार अदानचुली गाउँपालिका–३ को माझखर्क स्थित पानि टोट्का भन्ने ठाउँमा भिरबाट लडेर वडा नं. २ गल्बाका अन्दाजी ३६ बर्षिया नान बुढाको मृत्यु भएको हो ।

शनिबार बाख्रा चरउान खर्कबाट जंगल हिडेका बुढा अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानि टोट्का जंगलको भिरबाट करिब १०० मिटर तल मृत अवस्थामा फेला पारेको बुहारी शान्ती बुमी (बुढा)ले बताए ।

जंगल घरबाट गल्फागाड खोल पारी टाढाको बनमा भएकाले मृतक बुढाको लास लिनका लागि स्थानिय त्यस तर्फ लागेको उनले बताए । सो खर्कमा समेत मृतक बुढा र श्रीमती मात्रै भएकाले बिहान मात्र पारिवारीक श्रोतलाइ जानकारी आएको हो । जानकारी आए लगत्तै घरमा ल्याउनका लागि स्थानिय गएका छन् । यस क्षेत्रमा यतिबेला सबैका चौपायहरु खर्क मै राख्ने गरिएको छ ।

प्रकाशित मिति : २०८२ श्रावण १८ गते, आईतवार


Scroll to Top

Janata Media