वडाअध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनता संवाददाता
२०८२ श्रावण १९ गते, सोमबार

काठमाडौँ । रुपन्देहीको मर्चवारी गाउँपालिका –३ का अध्यक्ष जनार्दन यादवसहित दुई जनाविरुद्ध तीन लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०८१–८२ मा सिसु सेमरा दक्षिण धोबहिया छठघाट निर्माण, पूर्निकोट गाउँभित्र सडक पिसिसि ढलान र सुरहवाँ गाउँभित्र सडक पिसिसि ढलान कार्य योजनाहरुको काम सम्पन्न भइ सिफारिस दिने कार्यमा सेवाग्राहीसँग तीन लाख घुस माग गरी गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिनकुमार पाण्डेयमार्फत घुस लिन लगाएको तथ्य पुष्टि भएको छ।

प्रतिवादी पाण्डेयले मतियारको रुपमा सङ्लग्न भइ भ्रष्टाचारजन्य कसुरमा सहकार्य, सहजीकरण तथा सघाउने कार्य गरेको पुष्टि भएको आयोगले जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम बिगो रकम तीन लाख रुपियाँ कायम गरी प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८२ श्रावण १९ गते, सोमबार


Scroll to Top

Janata Media